सुतेको ठाँउमा आगो लाग्दा आमा र २ छोरीको मृत्यु

सुतेको ठाँउमा आगो लाग्दा आमा र २ छोरीको मृत्यु


नयाँदिल्ली ।

भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन ।

प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिंगरा गाउँको हमेरढोकमा ३ वटा अस्थायी झुपडीमा आगलागी भएको एसएसपी रामबन मोहिता शर्माले जानकारी दिए ।

उनका अनुसार सो आगलागीमा परेर तीन जनाको ज्यान गएको तथा दुई जनाको अवस्था गम्भीर भए पछि पीएचसी उखरालमा लगिएको छ ।

आगलागीमा मृतकका श्रीमान् इब्राहिम (३५), छोरा बोबिया र महिला मिर्जा बेगम (५५) श्रीमती नुरानी गम्भीर रूपमा जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

गर्मी मौसममा गाईवस्तु चराउनका लागि यी मानिसहरूले पहाडमा अस्थायी घर बनाउँछन्, जसलाई ढोका भनिन्छ।