बाबुराम भट्टराईले भने-अझै अर्को साँढेसँग जुध्नैछ

बाबुराम भट्टराईले भने-अझै अर्को साँढेसँग जुध्नैछ


काठमाडौँ ।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली क्रिकेट टिमले अझै अर्को साँढेसँग जुध्न बाँकी रहेको बताएका छन् ।

बुधबार सुरु भएको एसिया कपको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग पराजित भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले पाकिस्तानलाई साँढे र नेपाललाई बाछाका रूपमा लिँदै साँढेसँग जुध्दा बाछाको हार भएको बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘बाच्छाले साँढेसँग जुध्नु नै ठुलो कुरा हो । नेपाली टिमले विश्व वरीयतामा अगुवा टिम पाकिस्तानसँग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यांकन गर्नु उपयुक्त हुन्छ। अझै अर्को साँढे भारतसँग झुध्न र सिक्न बाँकी छ ।’

अबका खेलमा नेपालले ३ वटा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।
१. कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने। अझै बढी सिक्न पाइन्छ। आत्मविश्वास बढ्छ।
२. फिल्डिङमा अझै चुस्तता बढाउने। बलिङ ठिकै छ।
३. बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुँदै जान्छ भन्ने बुझेर धैर्य गर्ने । चिनियाँ नेता देंग (देंग सियाओ पिङ) को यो उक्ति आत्मसात गर्ने।