६० किलो सुन तस्करी प्रकरणमा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडियो

६० किलो सुन तस्करी प्रकरणमा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडियो


काठमाडौं ।

६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ ।

तस्कर समूहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेका अनुसन्धानका क्रममा खुलेको केन्द्रीय अनुुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

‘केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘यो विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

स्रोतका अनुसार, सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको छ ।

स्रोतका अनुसार, क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।