बालेनले अचानक किन क्यान्सिल गरे चीन भ्रमण ?

बालेनले अचानक किन क्यान्सिल गरे चीन भ्रमण ?


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चिन भ्रमणमा नजाने भएका छन् ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै चीनको निमन्त्रणामा हुने भनिएको ५ दिने भ्रमणमा नजाने घोषणा गरेको हुन् ।

उनले सामाजीक सञ्जालमा एक पोस्ट सेयर गर्दै उक्त घोषणा गरेका हुन् । उनले लेखेका छन् नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।

चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको र नेपाललाई नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।