१७ वर्षीया किशोरी बलत्कार गरेको आरोपमा २ जना पक्राउ

१७ वर्षीया किशोरी बलत्कार गरेको आरोपमा २ जना पक्राउ


बर्दिया ।

प्रहरीले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरि खड्कालाई पक्राउ गरेको छ।

खड्काले ती किशोरीलाई ५ भदौ राती जबर्जस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस्तै, १७ वर्षीया अर्की किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ गुरुवागाउँका २३ वर्षीय ईश्वर थारुलाई प्रहरीले पक्राउ गरेको छ।

थारुले ती किशोरीलाई गत १५ वैशाख राती जबर्जस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।