जोहानेसबर्गको १ भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

जोहानेसबर्गको १ भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु


काठमाडौँ ।

दक्षिण अफ्रिकाको मुख्य सहर जोहानेसबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

त्यहाँको आपतकालिन व्यवस्थापन सेवाका अनुसार हालसम्म ६३ जनाको ज्यान गएको छ भने ४० बढी घाइते भएका छन् ।

सामाजिक सञ्चालनमा पोस्ट गर्दै जोहानेसबर्ग नगरपालिकाले ‘खोजन अभियान’ जारी राखेको बताएको छ । त्यहाँको आपतकालिन सेवाले बीबीसीलाई दिएको जानकारी अनुसार १ः३० बजे आगलागी भएको थियो ।

घटनास्थामा खोज र उद्धार कार्य जारी रहेको जनाइएको छ । आपतकालिन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको बीबीसीलाई बताएका छन् ।

उनले भनेका छन् –हामीले ५२ वटा शव निकालेका छौं । ४३ जना सामान्य घाइते भेटिएको छ ।

यो भवन दक्षिण अफ्रिकाको आर्थिक हबको मुख्य व्यपारिक जिल्लामा रहेको छ । स्यानीय रिपोर्टहरूले भवनमा बस्नेहरू प्रायः अन्य अफ्रिकी देशहरूबाट आएका आप्रवासीहरु रहेको बताइएको छ ।