नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा अधिकारी नियुक्त

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा अधिकारी नियुक्त


काठमाडौं ।

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेका छन् ।