बचतकर्ताको पैसाले ५ लाखको चस्मा,२ लाखको जुत्ता लगाउछन् सहकारी अध्यक्ष, भन्छन्-‘एसपी र म हितैसि हो’ !

बचतकर्ताको पैसाले ५ लाखको चस्मा,२ लाखको जुत्ता लगाउछन् सहकारी अध्यक्ष, भन्छन्-‘एसपी र म हितैसि हो’ !


ललितपुर।

देउराली बहुद्देश्य सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले बचत कर्तालाइ ठग्ने नयाँ जुक्ति सुरू गरेका छन्।

पछिल्लो समय बजारमा अधिंकाश सहकारी सञ्चालक भागिसकेको अवस्थामा चौलागाईंले भने नयाँ तरिका सुरू गरेका छन्।

नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन्।ललितपुर जिल्लाको सातदोबाटोमा केन्द्रीय कार्यलयसहित भक्तपुर र न्युरोडमा समेत शाखा विस्तार गरि विगत केहीवर्ष देखि सञ्चालित ललितपुरकै सहकारी क्षेत्रमा एक नम्बरको देउराली बहुउद्देश्यीय सहकारी गत वर्षदेखि आर्थिक संकटमा फसेको थियो।

त्यो पनि यौन हिंस्रक चौलागाईंका कारण चौलागाईंका निकट जानकारहरु भन्छन्स् सहकारीका मायुर ठगी धन्दाका खेलाडी भनेर चिनिने रबिन्द्र चौलागाईंका कारण देउराली बहुउद्देश्यीय सहकारी संस्था डुव्यो हजारौंलाई पापीले सडकमा ल्यायो।

काभ्रेपलान्चोक जिल्ला चौरीदेउराली गाँउपालिका वडा नं ६ वोक्से खाल्डे स्थित स्थायी ठेगाना भएका एक गरीव घरपरिवारका चौलागाईं जो काठमाडौं उपत्यकाको गरीबहरुलाई दिनदहाडै ठगिको नयाँ रूपधारण गरेर आर्थिकरुपमा चौलागाईंले गरिब निमुखाको पेटमा लाति हान्दै आफु करोडौंको गाडीमा हुइकिने गरेका छन्।

चौलागाईं स्वंयम वर्षमा दुईमहिना सम्म खान नपुग्ने गरिब घरपरिवारका व्यक्ति हुन यश सम्बन्धमा उनि नजिकका जानकारहरुले बताउँदै आएका छन्।

यस्तो छ चौलागाईंक‍‍ो दैनिकी: देउराली सहकारीका एक कर्मचारीले चौलागाईंको दैनिकी बारे यस्तो भन्छन्। जो कोही सर्वसाधरणले झट्ट हेर्दा चौलागाईंलाई राष्ट्रिय डनलाई नै माथ खुवाउने उनका पुरै आँखा डडेका देखिन्छन्।

यसरी गरेका छन् चौलागाईंले गरिबका रूपैयाँमाथि रजाइ : कान ठाडा भएका,करिव ५ लाखको रेवन कम्पनीको चस्मा लगाएका,करिव २० लाखक‍ो सुनको घाँटीमा कुकुरको जस्तो साङ्लो लगाएका,हातमा सुनका करिब १० लाखको ब्रास्लेट अनि ३५ लाखको घडी,करिव २ लाखको इटालियन जुता,माईकल ज्याक्सनकोजस्तो पाईन्ट,हिराको औँठी,अत्याधुनिक मूल्य पर्ने क्यामारा जडित रेकर्डर सहितको पेन,त्यस्तै २३२९ नम्बरको बुलेट प्रुफ गाडी,उनको सुरक्षाको लागि मार्सलआर्टका खेलाडी अरू त के – के हो के-के भनी साध्य छैन।

ठगी धन्दाका मायुर खेलाडी रवीन्द्र जब तारे होटल छिर्छन होटलका मालिक लुक-लुक काम्दै चौलागाईं लाई लिन गेटमै आइपुग्छन् अनि होटलका मालिक भन्छन् सरकार मैले के सेवा गरू केही म बाट गल्ती त भएको छैन नी ? मेरो त हजुर भगवान होरु मेरो सबै थोक हजुर नै हो सरकार ? त्यस्तै काभ्रेको गरिब घरपरिवारमा जन्मेको केटो यस्तो कसरी गर्न सक्ने भयो। यो एउटा सोचनीए विषय बनेको छ।

देउराली सहकारीको नाममा ठगी धन्दा चलाँउदै आएका काभ्रेको चौरीदउरालिमा विगतमा फट्याइँ गरि समाजबाट लगभग बहिष्कार भई गन्हाएका मसलदार चौलागाईं उर्फ रबिन्द्र चौलागाईं जो कोही मानिसले हेर्दा डराउनु स्वभाविकै हो।

त्यसमाथि मसलदार उनका पहेरेदार उनको पहरेदार मात्रा करिव २५ जना सम्म हुने गर्छन् जसमा चौलागाईं सँग जो कडा बोल्छ्न् त्यो सायद यमराजको ढोका दक्षिण दिशातिर नजालान भन्न सकिन्न। कसरी गरिबका पैसा लुटेको छ भन्ने कुरा यी सामान्य उदारण नै काफि देखिएका छन्।

त्यसैगरी ललितपुर धापाखेलका करिव दुई करोडका बचतकर्ता मञ्जु भण्डारी भन्छिन ‘देउराली सहकारीको नाममा काभ्रेको एउटा फटाह चौलागाईंले मलाई घरवारविहीन बनायो अहिले आएर मैले फोन गरेर म घरवारविहीन हुन थाले जोगाउनु पर्यो भन्दा उल्टै धम्कीपूर्ण भाषामा उनले भने -बढ्ता बक-बक गर्ने होइन तेरो पैसा म तिर्दिन जे सक्छेस गर, र एउटा कुरा याद गर ललितपुरको डन मीन कृष्ण र काभ्रेको डन गणेशलामा लाई चिन्छेस् होला नी ?  उनका यस्ता धम्कीपूर्ण भाषाले के पुष्टि हुन्छ भने ललितपुरका डन मिनकृष्ण महर्जन र काभ्रेका डन गणेश लामाको सहकारी ठगी धन्दाको मायुर खेलाडी चौलागाईं लाई आशिर्वाद रहेको सहजै पुष्टि गर्न सकिन्छ।

देउराली सहकारीका बचतकर्ताहरुको अबौंरुपैयाँ झ्वाम पारी १५/२२ वर्षकी सुन्दरीहरुसँग रोमान्स गर्दै आएको समेत खुलासा भएको छ। त्यस्तै चौलागाईंले बारम्बार नाम लिन्छन काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलको,चौलागाईं स्वयंमले बताउँदै आएका छन् की एसपी कुमोध ढुंगेल र म जोडा हौँ। मलाइ अब कसैले केही गर्न सक्दैन सबै ठाउँ मिलाइ सकेको छु।

चौलागाईंले एसपी कुमोध ढुंगेललाई करिव १० करोड दिएको बताउँदै आएका छन् भने सातदोबाटोमा केही समय अगाडी कार्यरत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुभास केसी लाई लाखौं रुपैयाँ दिएको स्वयं चौलागाईंले चिया कफि पसलमा बताउँदै हिँड्ने गरेका छन्।

ललितपुरका एक नामचलेका पत्रकार भन्छन् इन्स्पेक्टर सुवास केसी भ्रष्ट हुन गुरुङ थरका एक जना पिडितसँग समेत उनले घुस लिएको बताए।

अब पुष्टि हुन्छकि ललितपुर सातदोबाटोका पूर्वइन्स्पेक्टर कति घुस्याहा रहेछन उनै इन्स्पेक्टर समेतलाई मोट‍ो रकम खुवाइ वडिगार्ड राखेका वताँउछन सहकारीका मायुर खेलाडी एवम् करिव २५ हजार बतचकर्ताहरुलाई ठगी गरेका सहकारी ठगी धन्दाका बादसाह चौलागाईं।