बालेनले चौरमा २ कुर्सी राख्न लगाएर ईः लाई बोलाउन पठाए, तर ईः गएनन् !

बालेनले चौरमा २ कुर्सी राख्न लगाएर ईः लाई बोलाउन पठाए, तर ईः गएनन् !


काठमाडौं ।

महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ईः ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको उल्लेख गरेका छन्।

सोमबार मेयर बोलेनले ईः लगायतका कुरा सुन्न आफू उनीहरू उभिइरहेकै ठाउँमा पुगेको र संवादमा नआएको स्टाटस लेखेका थिए।

त्यहि स्टाटसको जवाफमा ईः ले आफूहरूलाई भेट्न मेयर बालेन शाह नभई एक जना नगर प्रहरी आएको उल्लेख गरेका हुन्।

जवाफमा ईः ले भनेका छन्, ‘यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए । ‘त्यसोभए मेयरले भेट्नुहुन्न’ भनेको ईःले फेसबुकमार्फत जानकारी दिएका छन् ।

याे पनि : अभियन्ता ईःलाई बालेनको प्रश्न- हामीले तपाईँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?

ईः लाई उपमेयरको जवाफ-महानगरले हरेक व्यक्तिको समस्या समाधान गर्न सक्दैन !

 

सोमबार भने काठमाडौंका मेयर वालेनले वार्ता गर्ने भन्दै चौरमा दुई कुर्सी राख्न लगाए । सभागृह अगाडि राष्ट्रिय झण्डा राखिएको ठाउँ नजिकै कुर्सी राखेपछि मेयर बालेन त्यहाँ आएर बसे ।

अनि निजी सुरक्षाकर्मीका रुपमा खटिएका नगर प्रहरी रामहरि कार्कीलाई अभियन्ता ईः लाई बोलाउन पठाए ।

मेयरको सचिवालयका सदस्यहरुका अनुसार दोस्रो पटक पनि नगर प्रहरी ईःलाई बोलाउन गएका थिए । उनले ईःलाई भेटेर टिम बनाएर आउने भएपनि आधिकारिक व्यक्ति गएर मेयरलाई जानकारी गराउन आग्रह गरे । तर ईःले पुरानै कुरा दोहोर्‍याए ।

त्यसपछि मेयर बालेनले सामाजिक सञ्जालमा अभियन्ताहरुलाई सुन्न भनेर आफैं उभिएको ठाउँमा गएर वार्तामा बोलाउँदा पनि आउन नखोजेको बताएका छन् ।

अभियन्ता ईः ले फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान दिनुपर्ने लगायतका माग राखेर ६ दिनदेखि उभिएर आन्दोलन गरिरहेका छन्।