काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भेटियाे

काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल, ७० हजार किलो चिनी भेटियाे


काठमाडौं ।

काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरिएको छ ।

कालोबजारी गरेको आरोपमा वाणिज्य विभागले कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाम सिल गरेको हो ।

उक्त गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको हो ।

कृत्रिम भण्डारण गरेर राखिएको र लेबल नबुझिने भएको चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको छ ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर व्यवसायी सन्तोष खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेको बताइएको छ ।