टोखाको पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना

टोखाको पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना


काठमाडौं ।

टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

वाणिज्य विभागले बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरेको हो ।

नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागले जनाएको छ तर सो कैफियात के हो खुलाइएको भने छैन।

विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।

सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो ।

संघका अध्यक्ष ध्रुव गौतमकाअनुसार कारोबार रकम एक करोड नाघेको तर प्यानमै कारोबार गरिरहेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।