नेशनल लाईफ इन्स्योरेन्सले ल्यायो ‘मोवाईल एप’

नेशनल लाईफ इन्स्योरेन्सले ल्यायो ‘मोवाईल एप’


काठमाडौं ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरुलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उदेश्यले स्मार्ट मोवाईल एपको शुरुवात गरेको छ ।

कम्पनीले काठमाण्डौमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहज्यूले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरे ।

यसै गरी कम्पनीका बीमितहरुले एप मार्फत बीमाशुल्क नविकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बीमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरुले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरु प्राप्त गर्ने लगायतका धेरै विशेषताहरु एपमा रहेको छ ।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले एपको माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढि सहयोग मिल्ने धारण राखेका थिए ।

कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरु र बरिष्ठ अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।