४ महिनादेखि सम्पर्कविहीन २ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन

४ महिनादेखि सम्पर्कविहीन २ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन


काठमाडौं ।

गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।

उनीहरु ४ महिनादेखि सम्पर्कविहीन छन्।

डा श्रेष्ठ गत जेठ २९ गतेदेखि र डा ज्ञवाली गत जेठ १६ गतेदेखि सम्पर्कविहीन रहको गृह मन्त्रालयले जनाएको छ।

आफूखुशी गैरहाजीर रहेका र खोजतलास गर्दा गराउँदासमेत कार्यालयको सम्पर्कमा नआएको मन्त्रालयले जानकारी दिएको छ।

तसर्थ, सूचना प्राप्त भएबाट बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु गृह मन्त्रालयले निर्देशन दिएको छ।