पर्यटनमा नीतिगत सुधार अपरिहार्य : मन्त्री किराती

पर्यटनमा नीतिगत सुधार अपरिहार्य : मन्त्री किराती


काठमाडौं ।

पर्यटनमन्त्री सुदन किरातीले विकाससम्बन्धी नीतिलाई संशोधन गरी संस्कृति र प्रकृतिमैत्री बनाउन जरुरी रहेको बताएका छन् ।

उनले नेपालको प्राकृतिक, भौगोलिक विविधता, हिमशृङ्खला, संस्कृति र सभ्यता विश्वका पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने भन्दै यसबाट लाभ लिनसक्ने गरी ऐन तथा कानून संशोधन आवश्यक भएको बताए ।

पर्यटनमन्त्री किरातीले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रले गति लिने चरणमा रहेको भन्दै आगामी वर्ष लक्ष्ययअनुसार पर्यटक आगमन हुनेमा विश्वास व्यक्त गरे ।

“पर्यटन क्षेत्रबाट मुलुकले ठूलो आर्थिक लाभ लिन सक्छ, तर पनि कतिपय विषय हाम्रा प्राथमिकतामा छैनन्”, उनले भने, “हामीले पर्यटक ल्याउने मात्रै नभइ उनीहरुको बसाइ लम्ब्याउनमा पनि ध्यान दिनुपर्छ ।” उनले यसका लागि संस्कृति, प्रकृति र साहसिक क्षेत्रलाई आधार बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने धारणा राखे ।