काठमाडौं महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने, निवेदन दिन आह्वान

काठमाडौं महानगरले ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स दिने, निवेदन दिन आह्वान


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा अनुसार ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न प्रक्रिया अघि बढाएको छ ।

महानगर अन्तर्गत स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार इच्छुक गाउँपालिकाले एम्बुलेन्स मागका लागि निवेदन दिन सक्नेछ ।

कार्यपालिकाको निर्णय समेत अनलाइन अपलोड गरी २५ असोजसम्ममा एम्बुलेन्स माग गर्न सकिने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटमा देशभरका ३५ वटा गाउँपालिकालाई मागको आधारमा एम्बुलेन्स उपलब्ध गराउने घोषणा महानगरले गरेको थियो ।

सूचना बमोजिम माग भएका निवेदनका आधारमा निश्चित मापदण्ड भित्र छनोट भएका गाउँपालिकाहरूलाई नियमअनुसार एम्बुलेन्स उपलब्ध गराउने महानगरले जनाएको छ । महानगरले एम्बुलेन्स खरिदका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो ।