गाँजा बोकेको एम्बुलेन्ससहित चालक पक्राउ

गाँजा बोकेको एम्बुलेन्ससहित चालक पक्राउ


विराटनगर ।

प्रहरीले विराटनगर–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार राति १० बजे इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले को १ च ४६१९ नम्बरको एम्बुलेन्समा गाँजा लैजाँदै गरेको अवस्थामा चालकलाई पक्राउ गरेको हो ।

दशगजातर्फ गइरहेको एम्बुलेन्स चेकजाँच गर्दा डिकीमा लुकाएको अवस्थामा २१.५ केजी गाँजा बरामद भएको थियो ।

राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित एम्बुलेन्सका चालक ३८ वर्षीय गंगा सरकारलाई प्रहरीले गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

सरकारको साथबाट ४० हजार रुपैयाँसमेत बरामद भएको छ । चालक धरान–११ निवासी हुन् ।