विराट मेडिकल कलेजका चिकित्सक आन्दोलित

विराट मेडिकल कलेजका चिकित्सक आन्दोलित


विराटनगर ।

विराट मेडिकल कलेज टिचिङ हस्पिटलका चिकित्सक आन्दोलित भएका छन् ।

पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात भएको घटनामा दोषीलाई कारवाही माग गर्दै चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।

मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि सोमबार दिउँसो हातपात भएको थियो ।