पशुपति प्लाजा होटलमा एक पर्यटक मृत फेला

पशुपति प्लाजा होटलमा एक पर्यटक मृत फेला


काठमाडौं ।

काठमाडौंको गौशालास्थित पशुपति प्लाजा होटलमा भारतीय पर्यटक मृत अवस्थामा भेटिएका छन् ।

होटलमा आन्द्रप्रदेश घर भएका ६३ वर्षीय तेलारी मुन कृष्टेना नाइडो मृत अवस्थामा फेला परेका हुन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित पिंगलास्थानमा रहेको सो होटलमा भारतीय नागरिक मृत भेटिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।