सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, हेर्नुभयो त ?

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, हेर्नुभयो त ?


काठमाडौँ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ।

सन नेपाल लाइफको आइपिओ धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिएको हो। आइपिओ बाँडफाँड कार्यक्रम बिहान ८ बजे राखिएको थियो।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो।

यो आइपिओमा १४ लाख ६६ हजार ८६२ आवेदकबाट कुल १ करोड ६४ लाख ६३ हजार ५८० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ६० हजार ६१ आवेदकबाट परेको १ करोड ६३ लाख ५८ हजार २१० कित्ता सेयर सदर भएको छ भने बाँकी ६ हजार ८०१ आवेदकबाट माग भएको १ लाख ५ हजार ३७० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपिओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

यस हिसाबले सदर आवेदकमध्ये ६ लाख २१ हजार ९३९ आवेदकको हात खाली भएको छ।

अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्ध र आइपिओ निष्कासन गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।