एकैपटक २३५ रुपैयाँले बढ्यो ग्यासको भाउ, पेट्रोल, डिजेलको कति ?

एकैपटक २३५ रुपैयाँले बढ्यो ग्यासको भाउ, पेट्रोल, डिजेलको कति ?


काठमाडौं ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिण्डर २३५ रुपैयाँले वृद्धि गरेको छ ।

समायोजित मूल्यअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर अब १ हजार ८९५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्य १६६० रुपैयाँ थियो । बढेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाइएको हो।

निगमले जारी गरेको विज्ञप्तिअनुसार आइओसीबाट पेट्रोल र डिजेलमा क्रमशः ३ रुपैया १७ पैसा र २ रुपैयाँ ४८ पैसा मूल्य बढेर आएको छ। यस्तै ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो।

निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर मूल्य आएकोले सोहीअनुसार समायोजन गरिएको प्रष्ट पारेको छ ।