३ दिन लगातार बढेको सुन आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ दिन लगातार बढेको सुन आज घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

३ दिन लगातार बढेको सुन शुक्रबार ३ सयले घटेको हो ।

बिहीबार १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १२ हजार ५ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख ११ हजार ९५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ओरालो लागेको छ । हिजो १४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।