हिमालयन ८०–२० मा आवेदन दिने आज अन्तिम दिन

हिमालयन ८०–२० मा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं ।

‘हिमालयन ८०–२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको हो ।

क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो ।

यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।