गाउँपालिकाकाे ३ तले भवन बनाउन लाग्यो ६ वर्ष

गाउँपालिकाकाे ३ तले भवन बनाउन लाग्यो ६ वर्ष


लमजुङ ।

लमजुङको क्व्होलासोथार गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरिएको छ ।

गाउँपालिका– २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो ।

४ करोड ३६ लाख ९६ हजार ४ सय ६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरिएको छ ।

३ तले आरसीसी भवन निर्माणका लागि २०७७ असोज ३० गते सम्झौता गरी २०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले २ पटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले २ करोड र गाउँपालिकाले २ करोड रुपैयाँभन्दा बढी लगानी गरेको अध्यक्ष गुरुङले बताए।

२ रोपनी ४ आना २ पैसामा जग्गामा रविना–अविशा–विकन जेभीले भवन निर्माण गरेको हो । भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान दिएका छन् ।

भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सीसी क्यामरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री व्याकअप समेत राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए । आफ्ने भवन नहुँदा पालिकाका शाखाहरु छरिएर रहेकोमा अवका दिनमा सेवा प्रदान गर्न र लिने दुवैलाई सहज भएको अधिकृत गुरुङले वताए ।