एनआरएनए महासचिव पदका उम्मेदवार गाैतमले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धतापत्र

एनआरएनए महासचिव पदका उम्मेदवार गाैतमले सार्वजनिक गरे ७ बुँदे प्रतिबद्धतापत्र


काठमाडाैँ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे ११औँ महाधिवेशनमा महासचिव पदका उम्मेदवार गंगाधर गाैतमले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । १७ देखि २० अक्टोबरमा हुने महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी घाेषणा गरेका गाैतमले ७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

यस्ताे छ  प्रतिबद्धतापत्र :

संघको आगामी केन्द्रिय महाधिवेशनको पुर्ब सन्ध्यामा मैले आफ्नो ब्याक्तिगत घोषणापत्र मार्फत उम्मेदवारी प्रस्तुत गरे भने सिङ्गो अभियान र मेरा अग्रज तथा मेरा समकक्षी र नयाँ पुस्ताका लागी अन्याय हुन सक्दछ तसर्थ तपाईंहरु सबैको सुझाव र सल्लाहमा घोषणा गर्नेनै छु।

प्रारम्भिक चरणमा संघमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दैगर्दा केहि बिषयहरुलाई प्रस्तुत गरेको छु। गैर आबासीय नेपाली संघ बेल्जियमको उपाध्यक्ष पदबाट २०००६ सालदेखि सुरु गरेको यात्रामा स्थापना कालदेखि निरन्तर कुनैनकुनै भुमिका निर्बाह गरेका हिसाबले संघलाई थप ससक्त, सस्थागत, कृयासिल, सबैको साझा बनाउन मेरो उम्मेदवारी रहनेछ।

संघमा काम गरेको लामो अनुभवका आधारमा संघको ११ औं महाधिवेसनमा महासचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । गैरआवासीय नेपाली संघलाई संस्थागत र सशक्तिकरण गर्नको यो अभियानमा यहाँहरुको सहयोगको अपेक्षा गर्दै निम्नानुसार प्रतिबद्धता व्यक्त गर्दछु ।

समृद्ध नेपालको परिकल्पना सहित नेपालीको लागि नेपाली भन्ने मूलमन्त्र सहित स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई दशक पुरा गरेको छ ।

संघले विगतका दिनमा प्रवासमा बस्ने नेपालीहरुलाई एकीकृत गर्दै नेपालमा ज्ञान सीप र लगानीको काम गर्दै आएको छ । देशको समृद्धि र आर्थिक विकाशमा समेत सामुहिक लगानी मार्फत सहयोग पुर्याउन गर्दै आएको छ । गैरआवासीय नेपालीहरुका लगानीको स्वरुप लाखौको संख्यामा नेपालीले स्वदेशमै काम पाएका छन्।

१. एक पटकको नेपाली सधैंको नेपाली भन्ने मूलमन्त्रलाई साकार पार्न संघले स्थापना कालदेखि उठाएको मुद्दा वंसजको आधारमा प्राप्त नागरिकताको निरन्तरताका लागी राजनैतिक दलहरु र सरकार संघ राजनैतिक सम्वाद मार्फत कार्यान्वय गरिनेछ ।
२. गैरआवासीय नेपाली संघलाई संस्थागत गर्दै संस्थामा नयां पुस्ता र प्रविधिलाई एकै साथ अगाडी बढाइने छ र प्रविधिमैत्री एनआरएनए बनाइनेछ ।

३. संघलाई महिला, युबा, दोस्रो पुस्ता र श्रमिक मैत्री बनाउदै अभियानमा सबैलाई जोड्ने, सहभागिताको सुनिश्चितता गर्ने, नेपाली कला संस्कृती, सस्कार र परम्परालाई आम नेपाली डायस्पोरामा व्यापकीकरण गर्ने गरिनेछ ।
४. गैरआबासीय नेपाली संघको स्थापना कालदेखि हालसम्मका संघले सन्चालन गरेका सबै परियोजना र गतिविधिहरुको पारदर्शी रुपमा आर्थिक अडिटको सुरुवात गर्दै सचिबालय सन्चालन तथा कर्मचारी ब्यबस्थापन भएको अनावश्यक आर्थिक चलखेल र आर्थिक अनियमितलाई पारदर्शी रुपमा सार्बजनिक गर्ने अनावश्यक कर्मचारी कटौती गरिने छ ।
५. राष्ट्रिय समन्वय परिषदहरुलाई थप स्वायत्त बनाइने छ । सदस्यता वितरण प्रकृयालाई थप वैज्ञानिक बनाइनेछ ।
६. संघका नियमित मुद्दाहरु नेपालमा लगानी, डलर एकाउण्ट, नागरिकताको निरन्तरता लगायत मेघाप्राजेक्टहरुलाई निश्र्कषमा पुराइने छ ।
७. संघको १२ औं महाधिवेसनमा विश्वभर पंन्जिकृत सदस्यहरुको शुल्क निशुल्क बनाइने र अन्तराष्ट्रिय परिषदको अध्यक्षको निर्वाचन पंन्जिकृत सदस्यहरुबाट गर्ने विधानमा संशोधन गरि आवश्यक प्रबन्ध गरिनेछ ।