बंगुरपालन किसानलाई अनुदान दिइने

बंगुरपालन किसानलाई अनुदान दिइने


बागलुङ ।

अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बंगुर गत जेठमा मरेपछि बंगुर को खोर रित्ता भएका छन्

किसान बंगुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती बंगुर मर्दा २ करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बंगुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेटले खाली रहेको बंगुरका खोरमा पुनः बंगुर पाल्नका लागि बंगुरका पाठा प्रदान गर्ने र बंगुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा ऋषिराम शर्माले जानकारी दिए । केन्द्रको तथ्यांक अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको ५ किसानको १२२ बंगुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट ४ सय बंगुर मरे पनि १२२ बंगुको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ ।

बंगुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताउ । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बंगुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए ।

बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बंगुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बंगुरपालन किसान निरास भएका थिए । बागलुङमा २ सयभन्दा बढी किसानले १२ हजारको संख्यामा बंगुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्यांक उल्लेख छ ।

चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि ४ करोड बजेट विनियोजन गरेको छ ।

चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बंगुरको मासुको उत्पादनमा कमी आएको बताए।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न २४ लाख, कृतिम गर्भाधान गर्न २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ ।