न्यायाधीशले हेर्न मानेनन् कोशी सरकारविरुद्धको मुद्दा

न्यायाधीशले हेर्न मानेनन् कोशी सरकारविरुद्धको मुद्दा


काठमाडौं ।

सर्वोच्च अदालतमा दायर कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको शुक्रबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा उक्त रिटको सुनुवाइ परेको थियो ।

तर, न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले शुक्रबारको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।

यही ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित एमालेका हिक्कमत कार्कीले सर्वोच्चमा रिट दिएका हुन् ।

७ भदौमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।