लक्जरी ब्रान्ड स्कोडा कुसाकको ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?

लक्जरी ब्रान्ड स्कोडा कुसाकको ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?


काठमाडौँ ।

युरोपेली लक्जरी कार ब्रान्ड स्कोडा कुसाकको ‘मोन्टे कार्लो’ एडिसन नेपाली बजारमा आएको छ ।

स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले आफ्नो सफल मोडेल स्कोडा कुसाकको मोन्टे कार्लो एडिसन नेपाल ल्याएको हो।

चेक कार ब्रान्ड स्कोडाले मोन्टे कार्लो एडिसन स्पोर्टी लुक्स रुचाउनेका लागि पहिलो रोजाइ हुने कम्पनीको दाबी छ। नयाँ कुसाक मोन्टे कार्लोमा युरोपियन स्टाइल र अपग्रेडेड फिचर छन्।

यसको क्याबिनलाई रेड फिनिस दिइएको छ। नयाँ स्कोडा कुसाक मोन्टे कार्लो दुई आकर्षक रङ टोर्नाडो रेड र क्यान्डी ह्वाइटमा उपलब्ध हुनेछ। यसमा सबै क्रोमको सट्टा ब्ल्याक फिनिस राखिएको छ।

त्यसैगरी ग्रिल, ओआरभिएम र अन्य भागलाई स्पोर्टी देखाइएको छ। मोन्टे कार्लोमा १ लिटरको पेट्रोल टिएसआई इन्जिन छ, जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। जसले अधिकतम १ सय १४ एचपी पावर र १ सय ७८ एनएम टर्क उत्पन्न गर्छ।

नेपालमा कुसाक मोन्टे कार्लो म्यानुअल ट्रान्समिसनको ७१ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ७९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

नयाँ कारमा स्कोडा अक्टाभिया आरएस २४५ को जस्तो डिजाइन, १७ इन्चको एलोय ह्विल दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा मोन्टे कार्लोको ब्याज लगाइएको छ। साथै, रुफलाई म्याट ब्ल्याक रुफ रेलसहित कार्बन स्टिलको फिनिस दिइएको छ।

मोन्टे कार्लोमा पहिलोपटक रेड थिमसहित ८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ। क्याबिनको लेआउटमा परिवर्तन नगरे पनि स्पोर्टी भाइब्स दिन रुबी रेड मेटालिक फिनिस दिइएको छ।

सिटको अपहोल्स्ट्रिीमा रातो र कालो मिक्स गरिएको छ भने हेड रेस्टमा मोन्टे कार्लोको ब्याज दिइएको छ। यसमा रेड एम्बिएन्ट लाइटिङ, रेड थिमको १० इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, एलुमुनियम पेडल, डोर सिलमा मोन्टे कार्लो स्कफ प्लेटजस्ता परिवर्तित फिचर छन्। मोन्टे कार्लो कुसाकको टप ट्रिम भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचर छन्।

यसमा रेड थिम भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहित ड्राइभर इन्स्ट्रुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहित १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम छ।