बुबा बने काठमाडौंका मेयर बालेन शाह

बुबा बने काठमाडौंका मेयर बालेन शाह


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ ।

मेयर शाहकी पत्नी सविना काफ्लेले केहीदिन अघि छोरीलाई जन्म दिएकी हुन् ।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा विवाह भएको थियो ।

शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने भन्दै सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएका थिए ।

स्रोतका अनुसार सविनालाई प्रसव पीडा भएको बेला प्रहरीले अनावश्यक केरकार गरेको र बालेनले आक्रोस पोखेको बताइएको छ ।