पेप्सीकोलामा ४ वटा गाडी जुध्दा १० जना घाइते

पेप्सीकोलामा ४ वटा गाडी जुध्दा १० जना घाइते


काठमाडौं ।

पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् ।

आइतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् ।

जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ ।

घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ ।

सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।