सिन्धुपाल्चोकमा कार दुर्घटना २ जनाको मृत्यु

सिन्धुपाल्चोकमा कार दुर्घटना २ जनाको मृत्यु


सिन्धुपाल्चोक ।

लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत कार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा भएको सो दुर्घटनामा थप ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार बा १५ च ९३७० नम्बरको कार शनिबार राति २ बजेतिर दुर्घटनामा परेको थियो । उनका अनुसार लामोसाँघु–जिरी सडकखण्डको ५ किलोमा दुर्घटनामा परेको सो सवारी ३ सय मिटर तल खसेको थियो ।

सो दुर्घटनामा परी रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी घाइते भएका ४ जनालाई लाई उपचार्थ धुलिखेल अस्पताल ल्याईएको छ ।