काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी टाल्न थालियो

काठमाडौंका मुख्य सडकका खाल्डाखुल्डी टाल्न थालियो


काठमाडौं ।

महानगरभित्र रहेका मुख्य सडकखण्डका खाल्डा टाल्न थालिएको छ ।

सडक डिभिजन काठमाडौंले आफ्नो जिम्मेवारीमा रहेका महानगरभित्रका सडकखण्डका खाल्डा टाल्न थालेको हो ।

सिंहदरबारको बाहिरी सडक, रत्नपार्क, चाबहिल, भद्रकाली, नक्साल, बालुवाटार, कमलादी, नागपोखरी, तिनकुने, सिनामंगल, एयरपोर्ट, कालीमाटी, कुलेश्वर, माइतीघर, त्रिपुरेश्वर, जमल, सहिदगेट, अनामनगर, लैनचौर ठमेललगायत क्षेत्रका सडकमा अस्थायी किसिमले खाल्डा पुरिएको डिभिजनले जनाएको छ ।

सडकका खाल्डामा पीच गरी मर्मत गर्ने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । मुख्य–मुख्य सडक क्षेत्रका खाल्डाखुल्डी टालिएको छ भने भित्री सडकको बाँकी रहेको छ ।