नेपालमा जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ‘ओरा ३’ बिक्री सुरु, यस्ता छन् विषेशता

नेपालमा जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ‘ओरा ३’ बिक्री सुरु, यस्ता छन् विषेशता


काठमाडौं ।

नेपालमा जि.डब्लु.एमको इलेक्ट्रिक गाडी ‘ओरा ३’ बिक्री सुरु गरिएको छ।

नेपालका लागि उक्त गाडीको आधिकारिक विक्रेता भिजि इम्पेक्सले बिक्री सुरु गरेको हो। ‘बहुप्रतिक्षित इलेक्ट्रिक–क्रस ओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि कम्पनीले गत जेठ ३ गतेदेखि उक्त गाडीको बुकिङ खुला गरेको थियो। ‘बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ,’ कम्पनीले भनेको छ।

प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जरलगायत सुविधासहित उक्त गाडी बजारमा आएको कम्पनीले जानकारी दिएको छ। ओरा ०३मा ४८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ।