३० किलो चित्तलको मासुसहित एक जना पक्राउ

३० किलो चित्तलको मासुसहित एक जना पक्राउ


बाँके ।

बाँके बाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँच मा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटोमा राखेर ल्याउँदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए।

अटोको डिक्कीमा लुकाई छिपाइ नेपालगञ्ज ल्याउन लागिएको अवस्थामा शनिबार राप्तीसोनारी ६ का अटो चालक हरि परियारलाई पक्राउ मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि शनिबार राति नै जिल्ला वन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए ।

यता जिल्ला वन कार्यालयका निमित्त प्रमुख वन अधिकृत गणेश खड्काले प्रहरीले मासुसहित परियारलाई वनमा बुझाएको बाताए ।

खड्काले केही बेरमा कार्यालय खोलेपछि थप अनुसन्धान प्रक्रिया सुरु गर्ने र मासुसहित पक्राउ परेका परियारको घटनामा अनुसन्धान अधिकृत तोक्न लागेको उनले बताए।

सम्भवतः परियारलाई वन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने खड्काले भने । पक्राउ परेका परियारले बरामद गरिएको मासु कसले पठाएको हो भन्ने बारेमा अझै केही नखुलाएको निमित्त प्रमुख वन अधिकृत खड्काले जानकारी दिएका छन् ।