कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन्।

गौतमले प्रतिस्पर्धी नेतृ नानुमैया बास्तोलालाई फराकिलो मतान्तरले पराजित गर्दै सहमहामन्त्री पदमा निर्वाचित भएकी हुन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार गौतमले पाँच हजार ११६ मत प्राप्त गरेकी छन्। उनकी प्रतिस्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन्। गौतमले बास्तोलालाई तीन हजार ५६२ मतले पराजित गरेकी हुन्।

यसअघि नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। उपसभापित महिलातर्फ पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छिन् ।

उपसभापतिमा खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशीतर्फ विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिलातर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएका छन्। सहमहामन्त्रीमा रामहरि खतिवडा, अजयबाबु शिवाकोटी र जीवनबहादुर शाही पनि निर्वाचित भएका छन् । अन्य सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूको मतगणना जारी छ ।

केन्द्रीय सदस्यतर्फ ३५ वर्षमूनि खुला, महिला खुला र सुदूरपश्चिम खुलाको मतपरिणाम आइसकेको छ ।

महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुने क्रम जारी छ।