काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो अन्तिम त्रिकोणी सिरिजमा लगातार दोस्रो जित हात पारेको छ ।
ओमानमा मंगलबार भएको खेलमा नेपालले घरेलु टिम ओमानमाथि ११३ रनको विशाल जित हात पारेको हो ।
यो जितसँगै नेपालले लगिको शीर्ष ५ मा रहने सम्भावना बलियो बनाएको छ । नेपालको जितमा ब्याटिङतर्फ रोहित पौडेलले ६१, करण केसीले ४० र बसिर अहमद तथा इशान पाण्डेले ३७–३७ रनको योगदान दिए । अन्तिममा करण केसीले ४० रन बनाएपछि नेपालले ७ विकेटको क्षतिमा २६३ रन बनाएको थियो । जवाफमा ओमान १५० रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र नन्दन यादवले तीन तीन विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले एक एक विकेट लिए ।
नेपालले जारी सिरिजको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो ।

प्रतिक्रिया