पाँच देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकियो

पाँच देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सकियो


काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।

सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को मंगलबार सिंहदरबारमा बसेको १९औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिएको हो ।

समितिले जर्मनीका लागि प्रस्तावित सरु जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ र स्पेनका लागि प्रस्तावित प्राप्ति शेरचनको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, कूटनीतिक कार्ययोजना तथा अवधारणाबारे छलफल गरिएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।