रवि लामिछानेको पछिपछि बालेन श्रीलंका जाँदै

रवि लामिछानेको पछिपछि बालेन श्रीलंका जाँदै


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो एसिया कप हेर्न श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नेपाल र भारतको क्रिकेट हेर्न श्रीलंका गएका छन् ।

नेपाली टिमलाई समर्थन गर्न सभापति लामिछाने श्रीलंका गएको रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले जनाएका छन् ।

श्रीलंकाको पाल्लेकेलमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुने छ ।