जाजरकोटका ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको सिँचाइ मन्त्रीको भनाई

जाजरकोटका ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको सिँचाइ मन्त्रीको भनाई


काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका सबै क्षेत्रमा खानेपानीको सुविधा बिस्तार गरिने बताएका छन् ।

आज सदरमुकाम खलङ्गामा भएको पत्रकार भेटघाटका क्रम हालसम्म ८५ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पुगेको भन्दै बाँकी १५ प्रतिशतमा कार्ययोजना बनाएर पहुँच स्थापित गर्ने जानकारी दिए ।

मन्त्री बस्नेतले एक वर्षभित्र जिल्लाका सबै ठाउँमा सञ्चार सेवा बिस्तार गरिने बताउँदै हालसम्म २८ वटामध्ये २१ टावर सञ्चालनमा रहेको र सात वटा टावर मर्मत भइरहेको बताए। उनले केही टावर थप गरी सञ्चार सेवा सबै क्षेत्रमा सुनिश्चित गरिने प्रतिबद्धता जनाए ।

जिल्लाका कच्ची सडक स्तरोन्नति भइरहेको उनको भनाइ छ। साथै जिल्लाका अस्पतालमा डाक्टरको सङ्ख्या कम भएको भन्दै उक्त समस्या हल गर्न आफू लागिपरेको उनको भनाइ छ ।