१६ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा नगरकोटी पक्राउ

१६ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा नगरकोटी पक्राउ


ललितपुर।

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका–२ त्रिवेणीस्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।