घाँसकाे भारी र जिम्मेवारीले थिचिँदा पनि छचल्किन्छ खुसी !

घाँसकाे भारी र जिम्मेवारीले थिचिँदा पनि छचल्किन्छ खुसी !


सडकलाई यातायातकाे मुख्य माध्यम मानिन्छ । सडक सञ्जालले नछाेएका गाउँबस्तीलाई दुर्गम र सडक पुगेकाे ठाउँलाई सुगम भनेर व्याख्या गर्ने भाष्य निर्माण भइसकेकाे छ ।

सडक बनेपछि थाप्लामा नाम्लाे लगाएर भारी बाेक्नुपर्दैन, लामाे बाटाे पैदल हिँड्नुपर्दैन भन्ने मान्यता छ । माेटरबाटाे नभएकाे भन्दै गाउँ छाडेर सहर पस्नेकाे ताँती लाग्छ, लागिरहेकै छ ।

तर माथिकाे तस्बिरमा देखिएकाे याे दृश्य हेराैँ त । यहाँ कालाेपत्र गरिएकाे सडकमा केही महिला पैदलै हिँडिरहेका छन् । त्यसमाथि उनीहरूले पिठ्युँमा घाँसकाे भारी बाेकेका छन् । तर पनि उनीहरू खुसी देखिन्छन् ।

याे तस्बिर दाङकाे घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिलाले गाईभैँसीका लागि घाँस काटेर घर फर्किँदै गर्दाकाे हाे । घाँसकाे भारी र जिम्मेवारीले थिचिँदा पनि उनीहरूकाे मुहारबाट फुत्किएकाे खुसी राससका कुलदीप न्यौपानेले आफ्नाे क्यामेरामा कैद गरेका हुन् ।