केटिएम एक्स्चेञ्ज क्याम्प : पुरानो स्कुटर वा बाइक ल्याउनुहोस्, नयाँ लैजानुहोस्

केटिएम एक्स्चेञ्ज क्याम्प : पुरानो स्कुटर वा बाइक ल्याउनुहोस्, नयाँ लैजानुहोस्


काठमाडौं ।

यही सेप्टेम्बर ३ देखि ८ सम्म हुन गईरहेको केटिएम एक्स्चेञ्ज क्याम्पमा मोटरसाईकल पारखीहरूका लागि बाइक रिभ्याम्पको अफर घोषणा हुन गईरहेको छ ।

काठमाडौँको नक्साल शोरुममा हुन गईरहेको उक्त इभेन्टमा कुनै पनि ब्रान्डको पुरानो स्कुटर वा बाईकलाई नयाँ बाइकसँग साट्ने सुविधा प्रदान गरिने बताइएको छ ।

उक्त क्याम्पमा थुप्रै आकर्षक प्रोत्साहनहरू प्रदान गर्दै मोटरसाइकलका पारखीहरूका उत्साहमा नयाँ उर्जा थपिनेछ ।

यहाँ पुरानो बाइकको मूल्यांकन पाईराखेको भन्दा थप १५ हजार रुपैयाँ अतिरिक्त प्रदान गरिनेछ ।

नयाँ बाइक किन्नेका लागि पनि जम्मा ५० प्रतिशत डाउनपेमेण्ट गरी केवल ९९.९ प्रतिशत मात्र ब्याज तिरी यो स्टाईलिश बाईकलाई आफ्नो बनाउन सकिने सुविधा उपलब्ध छ ।

यहाँ नगदमै बाइक किन्न चाहनेका लागि १० हजार छुट अनि फाईनान्स सुविधा लिनेका लागि समेत ५ हजार छुटको व्यवस्था मिलाइएको छ ।