डिम्याट नवीकरण नगर्नेको मेरो सेयर पनि रोक्का

डिम्याट नवीकरण नगर्नेको मेरो सेयर पनि रोक्का


काठमाडौं ।

डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ ।

सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो ।

सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो । सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ।

सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने बताए ।

हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपिओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।