कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु :आरजु राणा

कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु :आरजु राणा


काठमाडौं ।

प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।

प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाख हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् ।

उनले गाँजा खेती सम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नु पर्ने बताईन् । उनले भनिन्, ‘गाँजा खेती सम्बन्धी अर्थ मन्त्रालयको नीतिमा परेको छ । त्यसपछि के भईरहेको छ त यस सम्बन्धी कुरा राख्नु पर्छ किन भने यसमा वैज्ञानिक र शैक्षिक अनुसन्धान पनि भईरहेको छ । यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन् । यसलाई कसरी प्रयोगमा ल्याउँन सकिन्छ त्यसलाई योसँग जोडेर गृहमन्त्रालयको मानिससँग पनि कुरा गर्नु पर्छ । हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौ ।’

यस्तै, उनले योभन्दा अगाडि गएका प्रस्तावहरुले के सुधारहरु गरे के भईरहेको छ भन्ने विषयमा सबै मन्त्रालयहरुलाई पत्रचार गरेर छलफल गर्नु आवश्यक भएको पनि बताईन् ।

उनले भनिन्, ‘यो भन्दा अगाडि गएका प्रस्तावमा के सुधारहरु गरे के भईरहेको छ भनेर केही मन्त्रालयहरुलाई सोध्नै पर्छ । यो भूमि आयोगको समस्याहरु कसरी समाधान गर्न सकिन्छ । पत्रचार नै गरेर उहाँहरुसँग छलफल गर्न आवश्यक छ ।’

कार्बन ट्रेडका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निमार्ण गरेको छ त्यसको बारेमा पनि अध्यन गर्नु आवश्यक भएको उनको भनाई छ ।

समितिको आजको बैठकमा हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको विषयमा छलफल भएको थियो ।