सिटिइभिटीले तोक्यो प्रि-डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र

सिटिइभिटीले तोक्यो प्रि-डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र


काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, बाग्मतीले शैक्षिक सत्र २०८०/०८१ को डिप्लोमा/प्रमाण पत्र तहको नतिजा संशोधन गरेको छ ।

डिप्लोमा/प्रमाण पत्र तहको मिति २०८०/०५/१३ गते प्रकाशित वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको नतिजामा स्वास्थ्य तर्फको सामान्य चिकित्सा कार्यक्रमको नतिजामा भएको प्राविधिक त्रुटिलाई संशोधन गरेको हो ।

परिषद्ले एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याई पुनः नतिजा प्रकाशन गरिएकामा विद्यार्थी, अभिभावक र आम सरोकारवालामा नतिजा सम्बन्धी द्विविधा भएको बताउदै संशोधित नतिजालाई अधिकारिक मान्न आग्रह गरेको छ ।

परिषद्ले सिफारिस भएका परीक्षार्थीहरू तोकिएको शिक्षण संस्थामा तोकिएको मिति र समय भित्र भर्ना हुन साथै शिक्षण संस्थाले पनि सोहि अनुसार विद्यार्थी भर्ना गराउन आग्रह समेत गरेको छ ।

प्रि-डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र कायम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले प्रि-डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

प्रि-डिप्लोमा तहका नियमित प्रशिक्षार्थीहरूको तोकिएको मिति भित्र परीक्षा आवेदन फाराम बुझाएका प्रशिक्षार्थीहरुको २०८० /५ /२२ गते बिहान ७:०० बजे देखि संचालन हुने सैद्धान्तिक परीक्षाहरु संचालनका लागि परीक्षा केन्द्रहरु निर्धारण गरोको हो ।

परीक्षा केन्द्रको विस्तृत विवरण https://itms.ctevt.org.np:5580/uploads/notices/Pre-diploma मा गई हेर्न सकिन्छ ।

मौका परीक्षा २०८० को परीक्षा तालिका

यसैबीच, सिटिईभिटीले परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा र प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८०।०४।१४ गते प्रकाशित मौका परीक्षामा आवेदन फाराम भर्ने बारेको सूचना अनुसार आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरु र विशेष छात्रवृत्ति कार्यक्रमतर्फ डिप्लोमा तथा प्रमाणपत्र तह नियमित अध्ययन गरी तेस्रो वर्ष दोस्रो खण्डमा मात्र कुनै एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सूचित गरिएको छ ।

सूचना अनुसार आवेदन फाराम भरेका डिप्लोमा तहका सिभिल, स्पेसलाइजेसन इन हाइड्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, सूचना प्रविधि, जियोमेटिक्स, रेफ एण्ड एसी, सोसियल वर्क र फुड एन्ड डेरी टेक्नोलोजी कार्यक्रमका लागि एक विषयको मौका (आंशिक) परीक्षा तालिका बमोजिम २०८० साल असोज ६ गते बिहान ७ः०० बजे देखि काठमाडौँ उपत्यकामा सञ्चालन गरिनेछ ।

यस्तै कोसी प्रदेश कार्यालयले परीक्षार्थी सिफारिस भएका इन्स्टिच्युटहरू सच्याइएको र नाम छुट भएका परीक्षार्थीहरूको नतिजा प्रकाशन गरेको छ ।

भाद्र १२ डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्तितर्फ इन्जिनियरिङ, एग्रिकल्चर, हस्पिटालिटी, फुड एन्ड डेरी र फरेस्ट्रीका कार्यक्रमको नतिजा प्रकाशनमा सिभिल इन्जिनियरिङतर्फको नतिजामा एउटा कलेजमा ४ जना भन्दा बढी विद्यार्थी सिफारिस भएको र लक्षित वर्ग अन्तर्गत आदिवासी जनजाति ५ जना, अन्य मधेसी ६ जना परीक्षार्थीको नतिजा प्रकाशन गर्न छुट भएकाले छात्रवृत्ति कोटाभन्दा बढी सिफारिस भएका इन्स्टिच्युटमा सच्याइएको र छुट भएका परीक्षार्थीको नतिजा प्रकाशन गरिएको सूचनामा भनिएको छ ।

https://itms.ctevt.org.np:5580/uploads/notices 

https://itms.ctevt.org.np:5580/uploads/notices/Civil