हिमाल आरोही सुशील सेर्मालाई गृह जिल्लामा सम्मान

हिमाल आरोही सुशील सेर्मालाई गृह जिल्लामा सम्मान


पाँचथर ।

हिमाल आरोही सुशील सेर्मा गृह जिल्ला पाँचथरमा सम्मानित भएका छन् ।

माउन्ट एल्ब्रुसको सफल आरोहण गरेर फर्केका उनलाई जिल्लाका विभिन्न संघसंस्थाले सम्मान गरेका हुन् ।

उनलाई सोमबार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले एक समारोह आयोजना गर्दै कदरपत्रसहित सम्मान गरेको छ ।

यस्तै फिदिम नगरपालिका–६ ले पनि सोमबार नै फिदिममा एक कार्यक्रम आयोजना गर्दै सेर्मालाई कदरपत्र र सिलाम साक्मा प्रदान गर्दै सम्मान गर्‍यो ।

उनी नेपाल फर्केलगत्तै सेमा सङजम्भो र खेल क्षेत्रका संघ संस्थाले पनि कदरपत्रसहित सम्मान गरेका छन् ।

पाँचथर कुम्मायक गाउँपालिका–२ मङजावुङमा जन्मेका सेर्मा सन् २०११ सालदेखि हिमाल आरोहण गर्दै आएका छन् ।