७ अंकले उकालो लाग्यो नेप्से

७ अंकले उकालो लाग्यो नेप्से


काठमाडौं ।

कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक ७ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ ।

सोमबार नेप्सेमा सूचीकृत २७० कम्पनीहरुको ३४ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९१ लाख ३९ हजारको कारोबार भएको छ ।

नेप्सेमा झिनो अंकको सुधार देखिएसँगै आज १२ उपसूचक बढेको छ भने ट्रेडिङ उपसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । आज एकमात्र फाइनान्स उपसूचक ०।०२ प्रतिशतले घटेको छ ।

नेप्सेमा सुधार आँउदा आज आइएमई लाइफ र शिवम सिमेन्टसमा झुम्मिए लगानीकर्ताहरु झुम्मिएका छन् ।

त्यस्तै, नबिल बैंक, सोल्टि होटल, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, र हिमालयन लाइफको सर्वाधिक शेयर खरिदबिक्रि भएको छ।