रुटिन अफ नेपाल बन्द ‘बन्द’ !

रुटिन अफ नेपाल बन्द ‘बन्द’ !


काठमाडौं ।

चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्द बन्द भएको छ ।

सञ्चालक भिक्टर पैडेलले फेसबुकमार्फत साहसी निर्णय गर्न लागेँ भनेर पोस्ट गरेका छन् ।

उनले पोस्ट गरेलगत्तै रुटिन अफ नेपाल बन्दको पेज फेसबुकमा देखिन छाडेको छ ।

उक्त पेजमा ३० लाख बढी फलोअर्स थिए । आइतबार काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्री लाभ भएको भन्दै गरेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो ।

शनिबार राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषयमा सामाजिक सञ्जाल गर्माएकाे थियो ।