काठमाडौं ।
व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडी विरुद्ध आफुले अभिव्यक्ति दिएपछि केपि ओलीले आफुलाई पागल भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।
‘केपी ओली हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्न पर् र्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु ।’
उनले प्रत्येकको घर घरमा जाने चेतावनी दिदैँ मारवाडीसंग मिलेर नेताले देश सकेको आरोप लगाए ।
‘ललिता निवास खाने यीनै मारवाडी , देशको अर्थतन्त्र सक्काउने यीनै मारवाडी,सुनको,केटीको,सुपारी र रक्तचन्दनको तस्करि गर्ने सबै यीनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’ उनले भने ।
प्रतिक्रिया