शुक्रबार र शनिबार हिमालयन मोटरल्यान्डमा ‘स्कुल्स टु ट्रयाक’

शुक्रबार र शनिबार हिमालयन मोटरल्यान्डमा ‘स्कुल्स टु ट्रयाक’


काठमाडौं ।

विगत वर्षदेखि संचालित को दोस्रो बर्षको कार्यक्रम ब्यापक रुपमा संचालन भइरहेको छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (FIA) / F1 in Schools लण्डनको सहयोगमा संचालित सो अभियान अन्तरगत एउटा मुख्य कार्यक्रम स्कुलस टु ट्रयाक आगामी शुक्रबार र शनिबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा संचालन हुँदैछ ।

गत वर्ष सुरु भएको यस कार्यक्रम काठमाडौँ इन्जिनियरिङ कलेज लगायतका अन्य आधा दर्जन कलेजका महिला विद्यार्थीहरु सहभागी थिए जसलाई काठमाडौँ इन्जिनियरिङ कलेजले सहयोग गरेको थियो ।

अभियानअन्तर्गत विद्यालय/कलेज तहमै मोटरस्पोर्ट डिजाइन, ‍‍‌ट्रयाकको डिजाइन, स्पीडिङ र कन्ट्रोल, फरमुला वानको फाउण्डेशन सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने, प्रदर्शन गर्ने तथा कार्टसको कम्पिटिसन गर्ने जस्ता कार्य सम्पन्न भइसकेका छन् ।

यस वर्ष समेत कलेज तहका देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागि पूर्‍याउने सम्मका कार्यक्रमहरु रहेका छन् । सोही सन्दर्भमा यस वर्ष फरमुला वानको ट्रयाक डिजाइन र रेसिङ, कारको मोडल डिजाइन र टिम कम्पीटिसन र त्यसको न्यासनल च्याम्पियनसिप आयोजना गरिनेछ ।

फर्मुला वान इन स्कुलको अंग रहेको स्कुलस टु ट्रयाक इभेन्टमा आगामी भाद्र २२ र २३ गते ३० जना गर्ल्सहरु सहभागी हुनेछन् । विभिन्न चारवटा स्कुलरकलेजबाट उनीहरुलाई २२ गते शुक्रबार काटर्स सम्बन्धी सम्बन्धित सैद्धान्तिक ज्ञान र २३ गते शनिबार प्रतिस्पर्धामा सहभागी गराइनेछ । जहाँ काठमाडौ विश्वविद्यालय लगायत अन्य कलेजबाट विद्यार्थीहरु सहभागी हुनेछन् ।

विजेतालाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ । हिमालयन मोटरल्याण्डस्थित ३५० मिटरको ट्रयाकमा स्लालम विधिबाट सिकाइने सो काटर्सको प्रतिस्पर्धा समेत स्लालम विधिमै हुनेछ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका तालिमप्राप्त मार्सलहरुले ट्रेनिंग तथा प्रतिस्पर्धा सञ्चालन गर्नेछन् । वुमन इन मोटरिङ कमिसन र मोटरल्याण्ड तथा काटर्स कमिसनको व्यवस्थापनमा हुने उक्त प्रतिस्पर्धामा राष्ट्रिय स्तरको हुनेछ र आगामी वर्षदेखि इन्टर कलेज काटर्स कम्पीटिसनको रुपमा अगाडि बढाइने छ ।