सुन तस्करी प्रकरणमा सीआईबीले लियो दीपेश पुनको बयान

सुन तस्करी प्रकरणमा सीआईबीले लियो दीपेश पुनको बयान


काठमाडौं ।

६० किलो सुन तस्करीमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको बयान लिएको छ ।

त्रिभुवन विमानस्थल बाहिर बरामद भएको सुनको तस्करीमा पुनको संलग्नता देखिएपछि उनीमाथि अनुसन्धान सुरु भएको हो ।

सीआइबीले आइतबार उनलाई बोलाएर सोधपुछ गरेको थियो । उनको संलग्नता पुष्टि भएमा गिरफ्तार गरेर अनुसन्धान अगाडि बढाइने भएको छ ।